बरियारपुर,मानमत– मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुईमा मोटरसाइकलको ठक्करबाट आइतबार एक बालिका गम्भीर घाइते भएकी छिन ।
पिलुवाबाट कलैयातर्फ जादै गरेको प्र.२–०३–०१६प. ३९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पवन चौधरीकी ५ वर्षकी छोरी तमन्ना चौधरी घाइते भएकी हुन । बालिकाको टाउकोमा चोट लागेको र नेशनल मेडिकल वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।



















