काठमाण्डौ – गृह मन्त्रालयले फागुन १ गते मंगलवार सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ ।यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको मंगलवारको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण फागुन १ गतेको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ ।यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here