नरेश गुप्ता
बरियारपुर,जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष ०७८÷०७९ को कार्तिक मसान्तसम्म विभिन्न मुद्दाका फरार २२ जना अभियुक्तलाई पक्राउ गरी पुर्पक्षको लागि वीरगन्ज कारागार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८÷०७९ को साउनदेखि कार्तिक मसान्तसम्मको चार महिनाभित्र विभिन्न मुद्दाका अभियुक्तलाई पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौत मिश्रले जानकारी दिनुभयो ।
जिल्लामा प्रहरीले विभिन्न मितिमा लागुऔषध मुद्दामा २, कर्तव्य ज्यान मुद्दामा १, खोटा चलनमा १, जबर्जस्ती करणी मुद्दामा ८ जना अभियुक्त, चोरी मुद्दामा २, सवारी ज्यान मुद्दामा ३, ठगी, बहुबिवाह, सरकारी कागज किर्ते, बैकिङ्ग कसुर र ज्यान मार्ने उद्योग मुद्दामा १÷१ जना गरी २२ जना अभियुक्तलाई पक्राउ गरि पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
बिगत चार महिनामा २२ जना अभियुक्तलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रियाअगाडि बढाइएको र उनीहरुलाई बारा जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । अन्य विभिन्न मुद्दामा फरार रहेका बाँकी अभियुक्तको पनि खोजतलास जारी राखिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।