बरियारपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मुसर्नीमाईमा बिहीवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना सञ्चारकर्मीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरका सञ्चारकर्मी रमेश चौलागाई रहनुभएको छ ।
सिमराबाट सोलखपुरतर्फ जादै गरेको ना.१९.प.८८१८ नम्बरको मोटरसाइकलमा सडक छेउको विद्यतुको पोलमा ठोक्किएर दुर्घटना हुदा चौलागाईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
घटना लगत्तै सिमरास्थित अल्पाईन अस्पताल ल्याइएका चौलागाईलाई चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । मृतक चौलागाई सोलखपुरबाट प्रकाशन हुने ज्वलन्त खबरका प्रकाशक हुनुनुहन्थ्यो । लामो समय सञ्चार क्षेत्रमा आवद्ध चौलागाईले केही महिना अघिदेखी मात्रै अनलाईन पत्रिका सञ्चालनमा ल्याउनुभएको थियो । सञ्चारकर्मी रमेश चौलागाईंको अल्पआयुमा भएको निधनप्रति प्रेस चौतारी बारा शाखा अध्यक्ष दिवाकर भण्डारीले शोक व्यक्त गर्नुभएको छ ।