नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले नगरपालिका भवन निर्माण कार्य चाडै शुरु गरिने बताउनुभएको छ । महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित सशस्त्र प्रहरी बेस क्याम्प रोडसंगै रहेको नगरपालिका भवन निर्माण कार्यको लागि सोमबार शिलान्यास गर्नु हुदै उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थिक वर्ष ०७८ ,०८९ को नगर सभाबाट महागढीमाई नगरपालिका भवनको लागि रकम बिनियोजन भइसकेकोले चाडै निर्माण कार्य शुरु गरिने नगर प्रमुख यादवले बताउनुभयो ।

प्रदेश नम्बर २ मै उत्कृष्ट भुकम्परहित भवन निर्माण गर्ने उहाँले बताउनुभयो । महागढीमाई नगरपालिकाको भवन निर्माण कार्यमा सवारी पार्किङ, प्राविधिक शाखा, जिन्सी शाखा, प्रशासन शाखा, मिटिङ्ग हल, नगर प्रमुख कक्ष, उपप्रमुख कक्ष, प्रमुख प्रशासकीय अधिकृत कक्ष, जरनेटर रुम, महिला शौचालयलगायत अति सुविधाजनक हिसाबले भवन निर्माण गरिने नगर प्रमुख यादवले बताउनुभयो ।

भवन शिलान्यास कार्यमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा, लेखापाल मनिष जैसवाल, स्वास्थ शाखा संयोजक अजय सिह, गढीमाइ महेन्द्र माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपप्रकाश गुप्ता, कार्यपालिका सद्स्य सानमती राम लगायत वडा अध्यक्ष र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here