हुन त स्थानीय तहको निर्वाचनको समयसिमा बारे राजनीतिक दलहरुले बदमासी र आफू अनुकुलको व्यख्या नगर्ने हो भने यही चैत ५ गतेसम्म गर्नुपर्ने छ । तर राजनीतिक दलहरुको तयारी हेर्ने हो भने यो चैतमा स्थानीय तहको चुनाव संभव छैन अनि प्रदेश र संघीय निर्वाचनको समय पनि धेरै छैन । अबको एक वर्षभित्र यी सबै तीनै तहको निर्वाचन संविधानतः सम्पन्न गर्नु पर्दछ ।

त्यसैले पनि अहिले नेपालका राजनीतिक दलहरु महाधिवेशनमा उत्रिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशन हालै सम्पन्न भएको छ भने राप्रपा भन्ने पार्टीले पनि महाधिवेशन हाल गरिरहेको छ । उता प्रमुख सत्तारुढ घटक कांग्रेसको महाधिवेशन पनि संघारमा छ । कांग्रेशले यही महिनाको अन्तिमसम्ममा महाधिवेशन सम्पन्न गर्नेछ र माओवादीले पनि अर्को महिना भेला आयोजना गर्दैछ ।

यी सबै तयारी हेर्दा राजनीतिक दलहरलाई चुनाव लागेको स्पष्ट हुन्छ । चुनाव लोकतन्त्रको सुन्दर रुप भएकाले यसलाई स्वीकार्नु पनि पर्दछ । निर्वाचन भएर नै नयाँ व्यक्ति आउनेछन् र जनताको अवस्थामा केही फरकपन ल्याउनेछन् भन्ने जनतालाई लाग्नेछ । जनताले अनुमोदन गरेपछि त्यसमा यो या त्यो काराणले भन्ने पनि मिल्दैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here