निजगढ,निजगढमा बुधबारबाट चलचित्र निर्माणसम्बन्धि ७ दिने आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम सुरु भएको छ । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षणमा प्रदेश नम्बर २ का विभिन्न जिल्लासहित चितवन र नवलपरासी जिल्लाका ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिनुहुने बताइएको छ । प्रशिक्षण कार्यक्रममा निखिलसंगै अभिनेता अनुप बरालले समेत अभिनय कला सिकाउनुहुने छ । चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रवद्र्धन बोर्डको सहआयोजना रहेको तालिम कार्यक्रम सर्वसाधारणमा चलचित्रप्रति आकर्षण बढाउने उदेश्यले आयोजना भएको हो ।

तालिमका सहभागीलाई चलचित्र लेखन, निर्देशन तथा छायाङ्कन जस्ता विषयमा जानकारी गराइने आयोजक तथा चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह राणा, जनकदीप पराजुली, सामीप्य तिमल्सिना, पुरुषोत्तम प्रधान लगायतले चलचित्र लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ्ग लगायतका बिषयमा सहभागीलाई प्रशिक्षण दिनुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here