कलैया,
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दङ्गा फैलाएर समाजमा अशान्ति मच्याउनेलाई गोली हान्ने चेतावनी दिनुभइको छ ।मङ्गलवार बाराको बारागढी नगरपालिका वडा नम्बर १ स्थित नुरी जामा मस्जिदको उद्घाटनका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले हिन्दू र मुस्लिमबिच दङ्गा फैलाउनेलाई गोली हान्ने चेतावनी दिनुभएको हो ।आफू मुख्यमन्त्री बनेको एक महिनापछि केही हिन्दूवादीहरु भेट्न आएको र उनीहरूले हिन्दूमाथि अत्याचार बढेको गुनासो गरेको प्रसङ्ग सुनाउदै मुख्यमन्त्री यादवले भन्नुभयो, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दङ्गा हुनुहुदैन ।’ उहाँले बिहारमा जस्तै मधेसमा उर्दु पढाइ हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गर्नुभयो । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेसबाट सुरुवात गर्छौँ ।’ उहाँले भन्नुभयोे ।मन्दिर, मस्जिदसहितका कामका लागि यस वर्ष १० करोड बजेट छुट्ट्याएको पनि मुख्यमन्त्री यादवले बताउनुभयो । उहाँले यो धर्म निरपेक्ष देश भएकाले आफूले धार्मिक सद्भाव कायम राखेर काम गर्न चाहेको बताउनुभयो । हिन्दू मुस्लिमलाई लडाएर सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले सचेत हुन आग्रह समेत गर्नुभएको थियो ।

Leave a Reply