सिकिन्द्र साह

सिम्रौनगढ, ३० साउन– बारा जिल्लाको पचरौता नगरपालिकामा कोरोना संक्रमित भएका व्यक्तिहरु खुल्लमखुल्ला हिडडुल गर्न थालेपछि गाउँमा माहामारी फैलिने त्रासले स्थानीयबासिन्दा चिन्तित बनेका छन ।

पचरौता नगरपालिका १ पिपरपाती र वडा नम्बर ७ बेनौलीका कोरोना संक्रमित व्यक्तिहरु आइसोलेशनमा बस्नुको साटो बाहिरफेर खुल्लमखुल्ला हिडडुल गर्न थालेपछि स्थानीयमा कोरोना माहामारी फैलने त्रास बढेको हो ।

एक साताअघि गरिएको पिसिअआर टेष्टको तीन दिनअघि आएको रिपोर्टमा पचरौताका १३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि हुनेमा स्थानीय विद्यालयका शिक्षक र राजनितिक दलका केन्द्रीय तहका नेतासमेत रहेका छन ।

स्थानीय स्वास्थ्यकर्मीले संक्रमितहरुको घरमा पुगेर कलैया गएर वा घरमै बस्न अनुरोध गरेपनि उनीहरुले अटेर गरेको पचौरता नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिनानाथ सहनीले बताउनुभयो । ‘जिल्ला प्रशासन कार्यालयमा पनि खबर गरियो, वडा अध्यक्ष सहनीले भन्नुभयो, तर सिडियो साहेबले नि आइसोलशनमा राख्ने बारेमा चासो देखाउनु भएन ।’ अध्यक्ष सहनीले संक्रमितको लापर्वाहीले गाउँमा कोरोना फैलिन सक्ने त्रासमा स्थानीयबासिन्दा चिन्तित बनेको पनि सुनाउनुभयो । ‘किन आइसोलेशनमा नपठाएर यसरी छोडेको भन्छन, उहाँले भन्नुभयो, तर संक्रमितहरु कसैले भनेको पनि मान्दैनन ।’ उहाँले दिनमा दर्जनौंले भेटेर र फोनमार्फर्त आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन आफुलाई दवाव दिदै आएको पनि बताउनुयो ।

संक्रमित पुष्टि भएकाहरुले सुरक्षाको लागि कम्तिमा १४ दिन आइसोलेशनमा बस्नुपर्ने भएपनि सार्वजनिक स्थानमा हिडडुल गर्दा संक्रमण थप फैलिएर माहामारीको रुप लिन सक्ने भन्दै त्रासमा रहेका स्थानीयले घरमै बस्ने वा कलैयाको गंगानगरस्थित आइसोलेशनमा पठाउनु पर्र्नेे माग गरेका छन ।

तर सामाजिक र राजनितिक रवाफ देखाउन संक्रमितले आइसोलेशनमा बस्न नमानेको स्थानीयको भनाइ छ । यसैबीच पचरौताका एक संक्रमितले गंगानगरस्थित आइसोलेशनमा होहल्ला गरेर बुधबार तोडफोड गरेकोसमेत बताइएको छ । यसअघि नै कोरोना पुष्टि भएपछि आइसोलेशनमा पठाइएका एक पुरुषले आइसोलेशनमा होहल्ला र झगडा गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here