सिमरा,प्रेस सेन्टर नेपाल बारा जिल्ला कमिटीको अध्यक्षमा रन्जन यादव निर्वाचित हुनुभएको छ । सेन्टरको आइतबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मौलापुरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षव्दयमा प्रदिप गौतम र प्रियांकाकुमारी सोनी रहेका छन् । त्यसैगरी सचिवमा उमेश घलान, सहसचिवमा पप्पु साह र कोषाध्यक्षमा रितिका अधिकारी चयन भएका छन् । अध्यक्ष यादब नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखा सहसचिव र गौतम पत्रकार महासंघ बाराका कार्यसमिति सदस्य समेत रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा गेशकुमार श्रेष्ठ, शिवराज अधिकारी, कोपिला चौलागाई, समिता चौलागाई, पवित्राकुमारी चौलागाई, अंकित गौतम, रन्जना खतिवडा, संदिप साह, साविर अंसारी, रिषी सहनी, मुकेश मेहता र विपना कुमारी शर्मा रहेका छन् ।
अधिवेशनले महाधिवेशन प्रतिनिधिमा गम्भिरा सहनी, महेश्वर अधिकारी, रामबाबु मेहतालाई चयन गरेको छ ।
जिल्ला अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बारा जिल्ला समन्वय समिति अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलको प्रमुख अतिथि सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेल र रविराज दङाल, जिल्ला सदस्य शोभा कार्की, वडा नम्बर १६ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, मोहित चौधरी र प्रेस सेन्टर महाधिशेशन आयोजक समिति सदस्य महेश्वर अधिकारीले मन्तब्य व्यप्त गरेका थिए ।

















