सिकिन्द्र साह
सिम्रौनगढ,पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता विजय यादव र भारतको गुजरात प्रदेशको ग्रामीण विकास, श्रम र रोजगारमन्त्री बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको छ।राजधानी गुजरातस्थित मन्त्री कार्यालय भवनमा भएको भेटमा दुई देशबीच धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ़ बनाउने र गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोग उपलब्ध गराउनेलगायतका विषयमा कुराकानी भएको आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले जानकारी दिनुभयो ।
भेटघाटमा ग्रामीण विकास, श्रम र रोजगारमन्त्री बलवंतसिंह राजपूतले नेपालका पूर्वमन्त्री प्रभु साहको नेतृत्वको आम जनता पार्टीले अपनाएको बिचारधाराको सराहना गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता गर्नुभयो । केही दिन अगाडि मात्रै आजपा स्थायी कमिटी सदस्य निर्विजको प्रमुख आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक सम्पन्न भएको थियो ।
समाजसेवी शेख इरसादको अध्यक्षतामा भएको सो बैठकमा नेपालका बिभिन्न स्थानबाट मुम्बई, नयाँ दिल्लीलगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवं सुरक्षाको लागि आजपा अध्यक्ष प्रभु साहको उपस्थितिमा चाडै नै बृहत् भेलाले गर्ने स्थायी कमिटी सदस्य पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिव समेत रहेका निर्विजले बताउनुभयो ।