नरेश गुप्ता

बरियारपुर,प्रहरीले बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ खोपवा बजारबाट अबैध हतियार र गोली सहित १ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

दुई पक्षबीच झगडा भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढीबाट पुगेको प्रहरी टोली सोही स्थानमा रहेको प्रदेश नम्बर–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसेका जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ५ बगडमपुर बस्ने वर्ष ३५ का मनोजप्रसाद जयसवालको साथबाट १ राउण्ड गोली लोड भएको एक थान नलकटुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीले जैसवालको शरीर चेकजाँच गर्दा कम्मरको भागमा सर्जिकल कम्मर पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा गोलीसहित बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका जयसवाललाई हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply