पुष्पराज खतिवडा
बारा,प्रहरीले एउटा भारतीय ट्रक र सोका चालकलाई २७० केजी अबैध लागुऔषध गाँजासहित अमलेखगंजबाट नियन्त्रणमा लिएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगंज प्रहरीले ट्रकमा लोड भएको गाँजासहित सोका चालकलाई मंगलवार अपराहन्न १२ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।चेकजाँचका क्रममा ट्रकमा गाँजा भेटिएपछि सोका चालक भारत बिहार, थाना रामगढवा ग्राम, धनार दिउली बस्ने वर्ष १९ को हरिओम भन्ने अन्त्यसकुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको सो भारतीय मालवाहक एनएल ०१ एन ३०६३ नम्बरको ट्रकमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।बरामद भएको गाँजासहित र सोका चालक गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम डिएसपी दधिराम न्यौपानले बताउनुभयो ।



















