कृपा संवाददाता
हेटौंडा, ७ मंसिर । महगाँ मोटरसाईकल चोरी गर्ने र लागू औषध गाँजा ओसार्ने गरी ६ जनालाई पक्राउ गरेर आज हेटौंडामा सार्वजनिक गरिएको छ । बिभीन्न स्थानमा मोटरसाईकल चोरी गर्ने चार जना र गाँजा ओसार्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवापनुरले आज हेटौंडामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

 

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका वडा नम्बर ९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका वडा नम्बर ४ का २२ बर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका वडा नम्बर ४ भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका वडा नम्बर ६ पर्सौनीका २२ बर्षीय धिरज चौधरी रहेका छन् । उनीहरुलाई चितवनबाट मोटरसाइकल चोरी गर्दै ल्याउने क्रममा विहिबार विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यसैगरी मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का २७ बर्षीय राजकुमार तितुङ र ३२ बर्षीय बीरबहादुर तितुङ रहेका छन् ।

 

मनहरीबाट हेटौँडा आउँदै गरेको बा५७प २३४३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तरगत नेवारपानीमा जाँच गर्दा बीरबहादुरले बोकेको झोलामा साँढे ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत २ बर्षदेखि १० बर्ष कैद र १५ हजार रुपैँयादेखि १ लाख रुपैंया जरीवाना र सवारी जफत हुने कानूनी प्रावधान छ ।

Leave a Reply