निजगढ –  कामाण्डौं तराई मधेस, दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले फास्ट निर्माणको क्रममा काटिएका रुखको क्षेतिपुर्ति वापत ५ लाख बिरुवा रोप्ने तयारी गरेको छ । नेपाली सेनाको वृक्षारोपण कार्यदलले आइतबार निजगढको जिरो माइलस्थित बेस क्याम्पमा आयोजना गरेको सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा प्रमुख सेनानी सुशीलकुमार कार्कीले सो कुराको जानकारी दिनुभएको हो ।

 

 

 

हाल कोल्हवी नगरपालिकाको ककडीस्थित ५ हेक्टर अतिक्रमित जमिनमा वृक्षारोपण गरिसकिएको, निजगढका विभिन्न सामुदायिक वन क्षेत्रबाट वृक्षारोपणको लागि ९१ हेक्टर जमिन प्राप्त भइसकेको र वृक्षारोपणको लागि सेनाले १ सय ११ हेक्टरमा सर्वे पुरा गरिसकेको तथा वृक्षारोपणको लागि आवश्यक थप जमिनको खोजी भइरहेको उहाले बताउनुभयो । रुख कटान भएको क्षेत्रमा वृक्षारोपणको लागि प्राथमिकता दिइएको भन्दै र निजगढ नगरपालिकाका विभिन्न सामुदायि वनकोे खाली, पर्ति र उजाड जमिनिमा विरुवा रोप्ने तयारी गरेको उहाले जानकारी दिनुभयो । पहिलो चरणमा नेपाली सेनाले निजगढस्थित नागमणी, कछडिया, जनहित र बाघ भैरव सामुदायिक वन समुहको करिव २ सय हेक्टर वन क्षेत्रमा वृक्षारोपण गर्न लागेको हो ।

 

 

 

 

आयोजना अन्तरगत नेपाल सरकारसंग भएको संझौता अनुसार काटिएको एउटा रुख बराबर क्षेतिपुर्तिमा सेनाले २५ विरुवा रोप्नुपर्ने तथा हेरालु सहित ३ महिनासम्म सिचाई गरेर बिरुवा हुर्काउनुपर्ने छ । प्रमुख सेनानी कार्कीले आयोजना अन्तरगत करिव २० हजार रुख कटान हुने र ३१५ हेक्टर क्षेत्रमा ५ लाख विरुवा रोपिने जानकारी दिनुभयो ।

 

 

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष एंव वडा नम्बर ७ का अध्यक्ष रामजी बजगाइ, वडा नम्बर ८ का टेकबहादुर लामा, ९ का सुदर्शन कोइराला, १० का अध्यक्ष पद्मबहादुर मोक्तान, डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, कछाडिया सामुदायिक वन समुहका अध्यक्ष विरेन्द्र ठाकुर, नागमणी सामुदायिक वन समुहकी उपाध्यक्ष दुर्गा कोइराला, पुर्व अध्यक्ष मिना लामा, पद्मबहादुर भण्डारीलगायतले वृक्षारोपणको आवश्यकता र महत्व बारे बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here