कृष्ण मोहन साह
सेढवा – पर्साको जिराभवानी गाउँपालिका लामो समयको बिबादपछि शनिबार राहत बितरण गरिएको छ । जिराभवानी गाउँपालिकाकाे वडा नम्बर १ को महादेवपटिमा राहत बितरण गरिको छ । गाउँपालिकाका उपाध्यक्ष उसा देवि थरुनीको विशेष पहलमा शनिबार वडा नम्बर १ का पन्ध्र सय चालिस घरधुरीलाइ राहत बितरण गरिएको हो ।
राहतमा तिस किलो चामल , आलु , प्याज , खाने तेल , साबुन लगाएत सामग्रीहरु बितरण गरिएको उपाध्यक्ष थरुनीले जानकारी दिए । राहत बितरण कार्यक्रममा उपाध्यक्ष थरुनी , युवा नेता नेसार समानी , नेकपाका नेता बिकाउ भण्डारी , रामाकान्त चौधरी लगाएतको उपस्थित रहेको थियो । राहतको बिषयलाइ लिएर जिराभवानी गाँउपालिकाका वडा नम्बर १ का स्थानीयहरु दुइ पटक गाउँपालिका घेराउ समेत गरिसकेका थिए ।