कलैया,बारामा सोमबार साँझ पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका १६ बाराकिलोस्थित पुर्वपश्चिम राजमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरिाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छनिजगढबाट पथलैया आउँदै गरेको प्र।न।३(०३(००१ प ००३९ नंबरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगर जाँदै गरेको प्र.न.३-०१०-२२ च ३१९७ नंबरको पिकअप गाडीले ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका ११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि सामुदायिक प्रसुति अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।ठक्कर दिने पिकअप गाडीका चालक काभ्रेको नमोबुद्ध नगरपालिका २ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here