नरेश गुप्ता

बरियारपसुर,युवा संघ नेपाल जीतपुरसिमरा उपमहानगर कमिटी अगुवा युवा भेला शुक्रबार सम्पन्न भएको छ छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सद्स्य दिनेश राईले युवा संघ नेपालको अगुवा भेलाको उद्धाटन गर्दै युवाहरु राष्ट्रको शान रहेको बताउनुभयो ।

देशमा भएका हरेक परिवर्तनमा युवा शक्तिको ठूलो योग्यदान रहेको उहाँले बताउनुभयो । युवा संघ नेपालमा आवद्ध युवाहरु सक्रिय रुपले अगाडि बढन उहाँले अभिप्रेरित गर्नुभएको थियो । युवा संघ नेपाल जीतपुरसिमरामा सम्पन्न अगुवा भेलाले सोम बम्जनको अध्यक्षतामा १ सय १ सदस्यीय युवा संघ नेपाल जीतपुरसिमरा उपमहानगर कमिटी गठन गरिएको छ ।

नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई शुक्रबार नै सपथ ग्रहण गराइएको छ । सो अवसरमा युवा संघ नेपाल बारा जिल्ला अध्यक्ष राम यादव, कलैया नगर कमिटी अध्यक्ष हरिओम साह प्रतिनिधि सभा सद्स्य सुन्दर बिश्वकर्मा लगायत युवाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here