निजगढ,असहाय र विपदमा परेकाहरुको सहयोगको लागि रकम संकलन गर्न भनेर नेकपा एमाले निजगढ नगर कमिटि वडा नम्बर ४ ले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट १ लाख ६५ हजार रुपैया सकलन भएको छ । वडा कमिटीले पुरानो टोल र कछडिया वस्तीमा ३ दिनसम्म देउसी भैलो खेलेर सो रकम संकलन गरेको हो ।

देउसी भैलोबाट संकलन भएको रकमबाट कोष खडा गरेर वडाभित्रका असाहय र विपदमा परेका सर्वसधारणहरुलाई आर्थिक सहयोग गरिने निजगढ नगर कमिटीका सदस्य एंव निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम दहालले जानकारी दिनुभयो । त्यसैगरी माओवादी निकट अखिल क्रान्तिकारी निजगढले पनि आर्थिक अवस्था कमजोर रहेका विपन्न वर्गका विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्न रकम संकलन गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । देउसी भैलोबाट कार्यक्रमबाट रकम संकलन भएको छ । अखिल क्रान्तिकारीले रिएको अखिल निजगढका अध्यक्ष सुमन खुलालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here