नरेश गुप्ता

बरियारपुर,बारा जिल्लामा विभिन्न सार्वजनिक अपराधलगायतका जघन्य अपराधका मुद्दाको फैसलामा ढिलाइ हुने गरेपछि पीडित न्यायको लागि लामो समयसम्म कुर्न बाध्य हुदै आएका छन ।

जिल्ला सरकारी वकिलको कार्यालय बाराले दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा अधिकांश कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, बहुविवाह जस्ता मुद्दाहरुको फैसला भएको र फैसला बाँकी रहेका मुद्दाहरु अर्को वर्षमा हेर्ने परम्परा रहेको छ ।

जिल्ला अदालतमा छिटोछिटो हुने न्यायाधीशको हेरफेर र प्राविधिक कमजोरीका कारण अधिकाश मुद्दाहरु ओझेलमा परेको सरकारी वकिल कार्यालयको तथ्यांकले देखाएको छ । आव ०७७ ÷ ०७८ मा जबर्जस्ती करणीको ३६ वटा मुद्दा दर्ता गरेर ४८ जनालाई प्रतिवादी बनाइएको छ । त्यस्तै गत वर्ष दर्ता भएका ४२ वटा मुद्दा फैसला हुन बाँकी रहेको र हाल अदालतमा जबरजस्ती करणीका ७८ वटा मुद्दामा ९१ जना प्रतिवादी देखिएका छन ।

त्यसैगरी आर्थिक वर्ष ०७८÷०७९ को कार्तिक मसान्तसम्मको तथ्यांक हेर्दा जबजरजस्ती करणीका २ वटा मुद्दा दर्ता भएकोमा २ जना प्रतिवादी रहेका छन । गत वर्षका ४२ वटा मुद्दा यो वर्षमा सरेको र हेर्ने क्रममा रहेको जिल्ला न्यायधिवक्ता जुद्वबहादुर आलेले जानकारी दिनु भयो ।

त्यसैगरी ज्यान मार्ने उद्योगमा यो वर्षको कार्तिक मसान्तसम्म जम्मा ३ वटा र गत आर्थिक वर्षबाट सरेर आएका ४५ वटा मुद्दा फैसला हुन बाँकी रहेको सरकारी वकिलको कार्यलयले जनाएको छ ।

अदालतमा जघन्य अपराधका मुद्दाको फैसला लम्बिने गरेकाले पीडितहरुले समयमा न्याय पाउन नसकेर थप पीडित हुनु परेको सेवाग्राहीहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here