नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० स्थित गंजभवानीपुर बजारमा मंगलबार वृहत् सरसफाइ आयोजना गरिएको छ ।

जागरण युवा क्लब गंजभवानीपुर र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बजार, छठघाट, बस्ती वरपरको सडक क्षेत्रमा सरसफाइ गरिएको हो । हिन्दूहरुको महान पर्व दिपावली तथा छठ पर्वको पावन अवसरमा बजार लगायत आसपासको क्षेत्रमा सरसफाइ गरिएको युवा क्लबका अध्यक्ष जयकिसुन यादवले जानकारी दिनुभयो ।

सरसफाइ कार्यक्रममा क्लबका सदस्य युवा, गंजभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिन्देशवर महतोलगायत स्थानीय समाजसेवी, व्यापारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply