कलैया,आफ्नो श्रीमान्लाई परिवारका सदस्यहरुले बेपत्ता पारेपछि कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडाकी निराकुमारी राम बिचल्लीमा परेकी छिन ।सोही ठाउँ बस्ने श्रीमान् दिपेश गुप्तालाई परिवारका सदस्यहरुले नै वेपत्ता पारेको भन्दै ९ महिनाकी एक छोरीकी आमासमेत रहेकी निराले बिहीवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी खोजतालास गरि दिन माग गर्नुभएको छ ।निराले दिएको जानकारी अनुसार वर्ष २२ का सहपाठी गुप्तासंग कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्दैगर्दा प्रेम सम्वन्ध कायम भएको र हाल उनीहरुको ९ महिनाको छोरा समेत रहेको छ । तर श्रीमान्लाई बेपत्ता तुल्याएर घरपरिवारका सदस्यहरुले आफूलाई घरमा बस्न नदिएको र छोरीको जन्मदर्ता पनि नगराएको निराले बताउनुभएको छ । ‘मेरो बिचल्ली भयो, निराले भन्नुभयो, अब कहाँ गएर कसरी गुजारा गर्ने ।’
श्रीमान गुप्ता आफूलाई स्वीकार गर्न तयार रहेको भएपनि परिवारका सदस्यहरुले श्रीमान्बाट अलग पार्न उनलाई बेपत्ता पारेको निराको भनाई छ । आफू दलित भएको कारण देखाउदै ससुरा बिदेश्वरी साह, काका ससुरा राजेश साहलगायतले श्रीमानलाई बेपत्ता पारेको र आफूलाई अस्वीकार गरेको निराले बताउनुभयो ।२ वर्ष अगाडि निरा र दिपेशले नारायणघाटको एउटा मन्दिरमा गरेर भागी विवाह गरेका थिए । विवाहपछि श्रीमान दिपेशसंगै नारायणघाटमा बस्दै आउनुभएकी निरालाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरि कलैया ल्याएको थियो ।गहिरो प्रेम सम्बन्धमा बाँधिएका दुबै जना दोस्रोपटक पनि भागेर फेरि भरतपुरमा नै बस्न थालेका थिए । तर अभिभावकहरुले निरालाई भरतपुरमै अलपत्र अवस्थामा छोडेर दिपेशलाई बलजफती अपहरण शैलीमा गाउँमा ल्याएको र डेढ वर्षदेखि बेपत्ता पारेको निराको भनाई छ ।
विवाहका लागि कानुनी रुपमा उमेर पुगिसक्दा आफू ४ महिनाको गर्भवती रहेको पनि उहाँले सुनाउनुभयो ।‘घरमा जादा त दलितको छोरीलाई हामी स्वीकार गर्दैनौं भनेर घरमा पस्न पनि दिदैनन, अब म कहाँ गएर बस्ने ।’ निराले भन्नुभयो । आफूले न्यायको लागि जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको पनि करिब ढेड वर्ष भयो तर कुनै सुनवाइ नभएको निराको भनाइ छ ।यता, निराका बुबा लालबहादुर र आमा चन्दा देवी रामले ज्वाईलाई बेपत्ता पार्नेहरुलाई करबाही गर्न माँग गरेका छन ।

Leave a Reply