वीरगन्ज,पर्सा जिल्लालाई सदरमुकाम वीरगन्जसंग जोड्ने मुख्य सडक हुलाकी राज्यमार्गमा पर्ने तिलावे पुल निर्माणमा भएको ढिलासुस्तीको विरोधमा युवाहरु आन्दोलित भएका छन् ।

पर्सेली युवाहरुले पुल निर्माणको लागि दबाव दिन आइतबार वीरगन्जको घण्टाघरमा हस्ताक्षर अभियान चलाएका छन् । युवाहरुले आइतबार वीरगन्जको घण्टाघरमा पुल निर्माणका लागि दबाव दिन हस्ताक्षर संकलन गरिएको र दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र समेत बुझाइएको आन्दोलनमा सहभागी दबाव समुहका युवा राकेश यादवले जानकारी दिनुभयो । हाल जिर्ण अवस्थामा रहेको पुलमा दिनहु घण्टौंसम्म जाम लाग्ने गरेको छ । जामको समयमा बिरामी बोकेको एम्बुलेन्स आवत जावत गर्न नसक्दा केहीले ज्यान पनि गुमाउनु परेको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । उनीहरुले बिगत केही दिनदेखि श्रृखलाबद्ध रुपमा आन्दोलन गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here