अनिल तिवारी
सिमरा, १५ मंसिर । नयां गोरेटो पुनस्र्थापना केन्द्र सिमराले एच.आई.भी. एड्स संक्रमीत भै मृत्यु हुनेहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ । नयां गोरेटो पुनस्र्थापना केन्द्र सिमराले आफ्नो भवनमा ३२ औ अन्तराष्ट्रीय एच.आई.भी. एड्स दिवसको अवसरमा एड्स संक्रमीत भै मृत्यु हुनेहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।
समाजमा दुरब्यसनमा परेकाहरु लागि काम गर्दै आएको यस संस्थाले युवाहरुलाई समाजीक रुपमा स्थापित गर्न यस भन्दा पहिलापनि विभिन्न काम गर्दै आएको र अगामी दिनमा पनि युवाहरु लक्षित काम गर्ने संस्थाका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो ।
रिकभरी नेपाल प्रदेश २ सहयोगीमा आयोजीत यस दिन प्रज्वलन कार्यक्रममा नयां गोरेटो पुनस्र्थापना केन्द्र सिमरामा उपचारका लागि आएकाहरुका साथै सिमराका स्थानियहरुको सहभागीता रहेको थियो ।