नरेश गुप्ता
बरियारपुर – कोरोना कोभिड १९ को संक्रमित बिरगंजमा ३ जना भेटे पछि बारामा पनि उच्च सतर्कता अपनाईएको छ । दिल्ली जमात बाट आएको मुस्लिम धर्म प्रचारकहरुमा अहिले ३ जनामा कोरोना कोभिड १९ को संक्रमण देखिएपछी बाराको विभिन्न स्थानिय तहमा पनि मुख्य सडक अवरोध गरि बाहिर बाट आवतजावत गर्ने ब्यक्तिहरुलाई प्रवेश निशेध गरिएको महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
महागढीमाई नगरपालिका ३ र १० मा स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय युवाहरुले गंजभवानिपुर भित्र प्रवेश गर्ने मुख्य सडक नै अवरोध गरिएको वडा न १० को वडा अध्यक्ष चन्दन साहले बताए । कोरोना कोभिडको रोगी बिरगंजमा थप ३ जनामा देखिए पछि बारामा पनि उच्च सतर्कता अपनाईएको र मुख्य सडकहरुमा आवतजावतमा प्रवेश निशेध गर्नु पर्ने अवस्था आएको अध्यक्ष साहले बताए ।
बाराको विभिन्न स्थानिय तहमा रहेको मस्जिदहरुमा बारा प्रहरीको निगरानी उच्च बनाईएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो । भारत बाट आएको मुस्लिम समुदायको खोजीकार्य बाराको पनि स्थानीय मस्जिदहरुमा खोजतलास जारी रहेको प्रहरी प्रवक्ता मिश्रले बताउनु भयो ।