कृष्ण मोहन साह

सेढवा,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा दलित अभिभावक संघ गठन गरिएको छ ।पिसफोर दलित फाउन्डेसन नेपाल, मधेश प्रदेश पर्साको आयोजनामा सखुवाप्रसौनी गाउँपालिका वडा– ३, कौवाबन गाउँको मुसहर बस्तीमा दलित अभिभावक संघ गठन गरिएको हो ।दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन, विद्यालयमा टिकाउन, विद्यालयमा निरन्तरता दिन, बालबालिकाको संरक्षण र शिक्षामा अभिभावकको भुमिका तथा लगानी बढाउने उद्देश्यले संघ गठन गरिएको हो ।गरिबी, चेतनाको कमी लगायतले दलित समुदायका बालबालिकाको पढाइको स्तर कमजोर हुनुका साथै थुपै्र बालबालिका विद्यालयको पहुँचबाहिर समेत छन् । कापी–कलम बोकेर विद्यालय जाने उमेरका दलित समुदायका बालबालिका मजदुरी गर्न बाध्य छन् ।शिक्षाबाट वञ्चित हुँदै गर्दा दलित बालबालिका बालविवाहको चपेटामा पनि पर्ने गरेका छन् । बालविवाहको कारण विभिन्न स्वास्थ्य समस्या आउनुका साथै आर्थिक विपन्नता पनि थपिन्छ । ‘सानैमा विवाह हुन्छ, त्यसपछि बच्चाबच्ची जन्मिन्छन्, अनि उनीहरूको लालनपालनमा थप आर्थिक भार पर्छ,’ मुसहर समुदायको अगुवा उर्मिला देवी मुसहरले भन्नुभयो, ‘शिक्षामा कमजोरी हुँदासँगसँगै अन्य समस्या पनि थपिँदै जान्छन् ।’दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन र सिकाइ उपलब्धि बढाउन सरकारले छात्रवृत्ति योजना लागू गरेको छ । तर यो छात्रवृत्तिको प्रभाव मुसहर समुदायमा परेको छैन । कौवाबनको मुसहर समुदायमा ५० वटा घर रहेकोे छ । करिब ४५ जना विद्यालय जाने उमेरको बालबालिकाहरु रहेका छन् । तर दैनिक रुपमा जम्मा ५÷६ जना बालबालिका विद्यालय जाने गरेकाछन ।शिक्षाको महत्वको बारे, शिक्षाप्रति अभिभावकलाई जनचेतना नभएको, शिक्षालाई अभिभावकले चिन्ता नगरेको, बालबालिकाको भविष्यको बारेमा अभिभावकले ख्याल नगरेकोले दलित अभिभावक संघ गठन गरिएको हो ।दलित अभिभावक संघको अध्यक्षमा सुनिता देवी मुसहर र सदस्यहरुमा जयप्रकाश मुसहर, लालमुनी देवी मुसहर, रुखमिनी देवी मुसहर, उर्मिला मुसहर, बिगनी देवी मुसहर, अर्जुन माझी मुसहर, झुलन मुसहर, अर्जुन पासवान, भुलाही माझी बलिया देवी मुसहर, राजमती देवी मुसहर सहित ११ सदस्यीय समिति गठन गरिएको छ ।यस दलित अभिभावक भेलाको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियन्ता मनोज रामले गर्नुभएको थियो ।

Leave a Reply