वीरगन्ज,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र स्थापनापछि सबैले अधिकार पाएको र सबैको अधिकार सुनिश्चित भएको बताउनु भएको छ ।
आइतबार वीरगन्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उहाँले पंचायतकालमा कसैको अधिकार सुनिश्चित नभएपनि अहिले त्यस्तो अवस्था नभएको बताउनुभयो । उहाँले सबै परिवर्तनको उपलब्धी मधेश आन्दोलन भएको बताउनुभयो । महिलाहरुको अधिकार मधेश आन्देलनले झनै स्थापित गरेको बताउनुभयो । उहाँले अहिले हरेक तहमा सबैको अधिकार सुनिश्चित भएको र त्यो कुनै काँग्रेस र कम्युष्टिका कारणले नभइ आफूहरुले गरेको मधेश विद्रोहको उपज भएको जिकिर गर्नुभयो ।
नेपालका महिलाहरुले बिश्वका कुनै पनि देशका महिलाहरुले नपाएको अधिकार प्राप्त गरेको जिकिर उहाँले गर्नुभयो । उहाँले समाजमा विकृति विसंगति अत्यन्तै जड भएर बसेको भन्दै यसको अन्त्यका लागि सामाजिक र सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक, सामाजिक र राजनीतिक आन्दोलन आफूहरुले एकसाथ अगाडि बढाउने बताउनुभयो ।
उहाँले चुनाव जुनसुकै बेला पनि घोषणा हुन सक्ने भएकाले तयार रहन पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । चुनावमा टिकट जथाभावी वितरण नभइ राम्रो व्यक्तिलाई मात्रै प्रदान गरिने बताउनुभयो । कार्यक्रम सो पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा समपन्न भएको हो । यसअघि जसपाकै कार्यकर्ताहरुले उपेन्द्र यादबलाई विरगन्ज प्रवेश गर्न नदिने भन्दै गत असोज २३ गते वीरगन्जमा प्रर्दशन गरेर पुत्ला दहन गरेका थिए ।