निजगढ – निजगढ नगरपालिका ९ स्थित बजारमा निर्माणाधिन ३ तल्ले पक्की भवनबाट खसेर एक मजदुर आइतबार दिउसो गम्भीर घाईते भएका छन् । घाईते हुनेमा सप्तरी सिसवाधनगढी घर भएका श्यामनाथ भण्डारी रहेका छन् ।
पुर्वपश्चिम राजमार्गको बजारटोलस्थित कैलाशबहादुर तिमल्सिनाको निर्माण हुदै गरेको पक्की भवनको करिब ३२ फिट माथिबाट खस्दा भण्डारी घाईते भएका हुन । भवनको माथिल्लो तल्लाको पश्चिमतर्फको पिल्लर ढलान गर्नेक्रममा भण्डारी एक्कासी खसरे भूईमा बजारिएका थिए ।
भण्डारीको ढाडमा गहिरो दख्खल परेको ठेकेदार पिताम्बर तिमल्सिनाले जानकारी दिनुभयो । उनको हाल बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भै रहेको छ । पछिल्लो समय निजगढ नगरपालिका घर तथा भवन निर्माण क्रम तिव्र बने पनि निर्माण मजदुरले सुरक्षा सामाग्रीको प्रयोगबीना नै जोखिम मोलेर काम गर्दै आएका छन ।