राजनकुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ ।

पोखरिया नगरपालिकाको सभा हलमा सोमबार भएको नगर सभा कार्यक्रमको नगरपालिकाका मेयर दिपनारायण रौनियारले उद्घाटन गर्नुभएको थियोे । नगर सभामा संबोधन गर्दै मेयर रौनियारले केही समस्याका बाबजुद पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नगरबासीको सहयोगबाट आफूले सफलतापूर्वक कार्यकाल पूरा गर्न लागेको बताउनुभयो ।

उहाँले राजनीतिक खिचातानी र विबादका बावजुद सबै समस्या झेल्दै नगरको विकास निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि, बालबालिका र पर्यटनलगायतकोे काम गरिएको बताउनुभयो । ‘नगरपालिकाको विकास निर्माण कार्य संचालन गर्न धेरै समस्या छ, उहाँले भन्नुभयो, जस्तो अवरोध आएको भएपनि नगरपालिकाका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गरेका छन ।’ उहाँले जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच समन्वयको पनि जरुरी रहेकोमा जोड दिनुभएको थियो ।

नगर सभामा नगरपालिकाकी उपप्रमुख सलमा खातुनले ५० करोड ६२ लाख १९ हजार २ सय ६७ रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो । बजेटमा आन्तरिक स्रोततर्फ ९ करोड ३१ लाख, समान्नीनकरण अनुदान ११ करोड ७५ लाख, ससर्त अनुदानतर्फ १९ करोड ८९ लाख, राजस्व बाँडफाडबाट ७ करोड १७ लाख, प्रदेश सरकारबाट अनुदान ८० लाख ४४ हजार, सशर्त ८० लाख, विशेष अनुदान ३० लाख, समरक २० लाख र राजस्व बाँडफाडमा ४० लाख ५२ हजार गरि बजेट प्रस्तुत गरिएको हो ।

बजेटमा बालिका स्वर्ण बिमा, स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पूर्वधार विकासमा विशेष जोड दिइएको छ । बालिका स्वर्ण बिमा कार्यक्रम संचालन गर्ने पोखरिया नगरपालिका देशकै पहिलो नगरपालिका भएको नगर प्रमुख रौनियारले जनकारी दिनुभयो ।

नगरप्रमुख रौनियारको अध्यक्षतामा भएको सो नगर सभामा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अशोक कोइराला,वडा अध्यक्षहरु बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजयकुमार गुप्ता, लक्ष्मण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, नगर कार्यपालिकाका सदस्यहरु, नगर सदस्य, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौशलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे, आईटी अधिकृत अरबिन्द दुवेदीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here