काठमाण्डौ,आईसीसी टी–२० विश्व कप अन्तर्गत ’सुपर १२’ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ । मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको हो ।

वेस्ट इन्डिजले दिएको एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र दुई विकेट गुमाएर आठ बल अघि नै भेटायो । दक्षिण अफ्रिकाका लागि एडम मारक्रमले अविजित ५१ रन बनाए । त्यस्तै रसी भान डेर डसेनले अविजित ४३ र रेजा हेन्ड्रिक्सले ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अकेल हुसेनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनायो । वेस्ट इन्डिजका लागि इभिन लुइसले ५६ र कायरन पोलार्डले २६ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका ड्वेन प्रिटरियसले तीन, केशव महाराजले दुई, कागिसो रबाडा र एनरिच नोकियाले एक÷एक विकेट लिए ।

मंगलबारको जितसँगै दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्क बटुल्दै अङ्क तालिकाको चौथौ स्थानमा उक्लिएको छ । दुई खेलमा दुई खेल नै हारेको वेस्ट इन्डिज भने तालिकाको पुछारमा छ ।

Leave a Reply