वीरगन्ज,पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । एमालेले गुप्तालाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गनुर्भभएको हो । जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष गुप्ताले आफूले पार्टी परित्याग गरेको स्वीकार गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७४ मा गुप्ता दुई हजार ८५१ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । निकटम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार इन्द्रासन साहले २ हजार ६९४ मत पाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here