नरेश गुप्ता

बरियारपुर,बारामा एक कार्यक्रमबीच बुधबार ६६ औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय परिशर कलैयामा एक कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाइएको हो ।

सो अवसरमा चारजना प्रहरी निरीक्षक सहित ३४ जना प्रहरीहरु सम्मानित भएका छन् । प्रहरी निरीक्षक सुरेन्द्र यादव, दिपक सुवेदी, प्रहरी निरीक्षक शेखर साह र प्रहरी निरीक्षक उमाशंकरप्रसादसहित ३४ जना प्रहरी सम्मानित भएका हुन ।

प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गराउन अहोरात्र लागिपरेको भन्दै प्रशंसा गर्नुभयो ।

बारामा कार्यरत २२ जना अमर प्रहरीको परिवारलाई प्रजिअ कटुवालले दोसाला ओढाएर सम्मानित गर्नुभएको छ । प्रहरी दिवसमा महिला एकीकृत संन्जाल बाराको अध्यक्ष बबिता जैसवाललाई कदर पत्रले समानित गरिएको छ । सो अवसरमा बाराका संचारकर्मीहरुलाई पनि प्रशंसा पत्र तथा राजनीतिक दलका प्रतिनिधिलाई मायाको चिनो दिएर प्रहरी प्रमुख शाहीले समान गर्नुभएको थियो ।

प्रहरी दिवसमा बबिता जैसवाल, उद्योग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार गुप्ता, जंगबहादुर यादव, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, महमद समीर, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, एकीकृत माओवादी कलैया नगर अध्यक्ष मुकेश साह लगायतले प्रहरी दिवसको सफलताको कामना गर्नुभएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरी दिवसमा बाराको कलैयास्थित भरतचोकमा खुला रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा, विश्व हिन्दु युवा संघ, र सकारात्मक युथ सोसाईटीा कलैयाको संयुक्त आयोजनामा भएको रक्तदानमा नेपाल प्रहरीका २७ जना र सशस्त्र प्रहरीका ५ जना र दुईजना महिला सहित ६५ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।

रक्तदान कार्यक्रमको प्रमुख जिल्ला अधिकारी कटुवालले उद्धघाटन गर्दै रक्तदान जीवन दान भएको बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका उपरीक्षक शाही, सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीत, कलैया नगर प्रमुख राजेश राय यादव, विश्व हिन्दु युवा संघ बाराका अध्यक्ष सागर पटेल र सकारात्मक युथ सोसाईटी बाराका अध्यक्ष मनिसप्रसाद यादवलगायत स्थानीय भद्रभलादमी, बुद्धिजिवी तथा महिलाहरु समेतको सहभागिता रहेको थियो ।

यसैबीच वीरगन्जमा पनि बुधबार प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले एक कार्यक्रमबीच दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले प्रहरी भएका कारण नै नागरिकले सुरक्षित भएर बस्न पाएको बताउनुभयो । शान्ति सुरक्षासँगै अपराध नियन्त्रणका लागि प्रहरीले देखाउँदै आएको सक्रियता सहनीय रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले शुरुमा हातमुखको जोहो गर्ने अभिप्रायले जागिर खाए पनि अहिले जिम्मेवारी वोध पनि भएको बताउनुभयो । उहाँले प्रहरीप्रतिको नकारात्मक धारणालाई हटाएर ‘प्रहरी मेरो साथी’ को अवधारणालाई अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान आयोगका प्रहरी उपरीक्षक टीका पोखरेल, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता, पूर्वअध्यक्ष अशोक वैद्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply