कलैया,कलैया उपमहानगरपालिकाका कोभिड पोजेटिभ भएका १० जना बालबालिकाहरुलाई पोषण युक्त खाद्यान्न सामग्री वितरण गरिएको छ । बाल हेल्पलाइन नं. १०९८ बाराले बुधबार कोभिड प्रभावित बालबालिकाका परिवारमा खाद्यान्न सामग्री वितरण गरेको हो ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले प्रत्येक परिवारलाई १ केजी चेवनप्रास, १ लिटर रियल जुस १, ५०० ग्राम हर्लिक्स, ५०० ग्राम सातु, २ प्याकेट काजु, २ प्याकेट काबली बदामको दरले सामग्रीहरु वितरण गर्नुभएको थियो ।

कोभिड पोजेटिभ बालबालिकाहरुलाई बचाउन तथा संरक्षण गर्न बाल हेल्पलाइन नं. १०९८ बाराले सहनीय कार्य गरेको नगर प्रमुख यादवले बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल बाराको सहकार्यमा संचालित बाल हेल्पलाइन नं. १०९८ नेपाल, बाराले कोभिड पोजेटिभ भएका गरिब परिवारका बालबालिकाहरुलाई राहत सहयोग प्रदान गरेको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताउनुभयो । बालबालिकाहरुको हकहित संरक्षण र प्रवद्र्घनको लागि बाल हेल्पलाइन नं. १०९८ बाराले बारासहित पर्सा, रौतहट र सर्लाही जिल्लामा काम गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक मुकेशकुमार कुशवाहाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here