काठमाडौंमा बस्नेहरुले राष्ट्रियताको कुरा ठूलो श्वरमा गर्ने गर्दछन् । उनीहरुको कुरा वास्तविक रुपमा खोक्रो नै हो । सीमा क्षेत्रमा रहेका नागरिकहरुले झेल्न परेको पीडाको तुलनामा काठमाडौंका मान्छेहरुले भोग्ने सानोतिनो समस्याको खासै अर्थ हुदैन । किनभने उनीहरुले खासै दुःख झेल्न परेको हुदैन तर सीमा क्षेत्रमा रहेका नागरिकहरुले भने ज्यादै सास्ति झेल्दै आएका छन ।

यस्तै समस्या पर्साको ग्रामीण भेगका नागरिकहरुले वषौंदेखि झेल्दै आइरहेका छन् । भारतीय सीमा सुरक्षा बलका कारण पनि यस क्षेत्रको सीमा रहेका नागरिकहरुले सास्ति झेल्न परिरहेको छ । उनीहरुले भारतीय सुरक्षा बलको धाकधम्की अनि उनीहरुको अपमान सहदै आइरहेका छन् । यो भन्दा ठूलो कुरा के हुन सक्छ र?

यस बिषयमा राज्यको उच्च तहमा रहेकाहरुले कुनै नीति बनाएका छन् । अझै नेपालका कतिपय शासकहरु भारत ठूलो दाइ भएकै ठान्छन् जसक कारण पनि सीमा क्षेत्रको समस्या जहाँकोे त्यही छ । र भारतीय सुरक्षाकर्मीहरुले दुव्र्यवहार गर्नेक्रम पनि जारी राखेका छन् । अथवा उनीहरुको हेपाइमा नागकिहरु बस्न बाध्य छन् । त्यसैले पनि भारतीय एसएसबीको व्यवहारमा परिवर्तन हुने संभावना कम रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here