वीरगञ्ज,पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवाको विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएका छन् । नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरु सोमवार मध्यान्हदेखि अचानक बोहस भएको कालिकामाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरजकुमार साहले जानकारी दिनुभयो । विद्यालयका छात्राहरु झण्डै ३०-४० जना जति बेहोस भएको स्वास्थ्य प्रमुख साहले बताउनुभयो । विद्यार्थीहरु बेहोस भएर लड्न थालेपछि पालिकाले एम्बुलेन्स बोलाएर पोखिरया अस्पताल र वीरगञ्जका अस्पतालहरुमा पठाएको उहाँले बताउनुभयो ।उहाँका अनुसार विद्यालयमा विद्यार्थी बोहोस हुनेहरुमा अधिकांश छात्रा छन् । दुईजना मात्रै छात्र बेहोस भएका हुन । बेहोस भएका विद्यार्थीहरुलाई ८ वटा एम्बुलेन्सले उद्धार गरेर पोखरिया र वीरगञ्जका अस्पतालहरुमा पठाइएको थियो । उपचारपछि सबै विद्यार्थी घर फर्किएको अस्पतालले जनाएको छ ।

Leave a Reply