निजगढ,निजगढ नगरपालिकामा अन्तरनगर स्तरीय वडा अध्यक्ष नकाउट फुटबल प्रतियोगिता हुने भएको छ ।

वडादशै २०७८ को उपलक्ष्यमा रतनपुर युनाइटेड युथ क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरस्थित नेरामाविको खेल मैदानमा प्रतियोगिता हुने जनाइएको छ ।

आगामी असोज १९ गतेबाट शुरु हुने सो प्रतियोगिताले कोरोना महामारीसगै थला परेको खेलकुद क्षेत्रको अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेन जिल्ला फुटबल संघ बाराका महासचिव सियाराम कुँवरले जानकारी दिनुभयो । उहााका अुनसार बाराको जीतपुरसिमरा, बकुलिया, रौतहटको चन्द्रपुर, गुजारा, वीरगन्ज युनाइटेड, वीरगन्ज र आयोजक क्लबसहित ९ टोलीको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजयी टिमले नगद पचास हजारसहित ट्रफी र उपविजेताले नगद तीस हजारसहित ट्रफी पाप्त गर्ने छन । साथै खेलको हरेक दिन १ जनालाई म्यान अफ द म्याचबाट पुरस्कृत गरिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here