कलैया,लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ को फस्ट भाइस गभर्नर पदका उम्मेदवार विनोद भारतीले मोफसलका सदस्यहरुले पनि क्लबमा उच्च तहको नेतृत्व गर्न पाउनु पर्ने मान्यता राखेर आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ ।
कृपा दैनिकसंग कुरा गर्दै भारतीले लायन्स क्लब समन्यायिक र समावेशी सिद्धान्तमा आधारित संघठन भएकोले सोही अनुसार नेतृत्वमा पनि देशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्वहुनु पर्ने बताउनुभयो ‘अहिलेसम्म काठमाण्डौंका साथीहरुमात्रै उच्च पदमाहनु भएको छ,भारतीले भन्नुभयो, अब मोफसलका साथीहरुलाई पनि नेतत्वमा पुग्ने वातावरण बनाउनुपर्छ ।’नेतृत्व तहमा सबै क्षेत्रबाट प्रतिनिधित्व हुनसक्यो भने क्लबको गरिमा अझैमाथि उठने भन्दै नेतृत्वको समावेशीकरणको आफ्नो अभियानमा साथ दिन काठमाण्डौंलगायत देशभरिका सदस्यहरुसंग उहाँले आग्रह पनि गर्नु भएको छ । आगामी माघ १५ गते हुने निर्वाचनमा भारतीले फस्ट भाइस गभर्नर पदमा रामशरण थपलियाको प्यानलबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।
तराई÷मधेस क्षेत्रको तर्फबाट साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिनुभएका भारतीलाई तराईसंगै पहाडी जिल्लाका लायन्स सदस्यहरुको पनि समर्थन र सहयोग रहेको बताइएको छ ।बाराको निजगढ निवासी भारती लायन्स क्लबमार्फत समाजसेवामा डेढ दशकदेखि सक्रिय हुदै आउनुभएको छ । भारतीले यसअघि लायन्स क्लब आफ निजगढ प्रेसिडेण्ट, जोन चियर पर्शन र एरिया कोअर्डिनेटरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।