निजगढ,ब्रिलेन्ट पब्लिकेसन प्रा.लि. काठमाडौंले निजगढ नगरपालिका– ६, सडकटोलस्थित गौरीशंकर माध्यामिक विद्यालयलाई एक थान स्मार्ट प्रोजेक्टर सहयोग गरेको छ ।सीकाइ शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोग प्रबद्र्धन गर्न र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई स्मार्ट प्रोजेक्टर सहयोग गरेको पब्लिकेशनका सञ्चालक खड्ग प्रसाईले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले उक्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षाको प्रविधीकरणतर्फ सहयोगले महत्वपूर्ण टेवा पु¥याउने बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले पब्लिकेसनको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो । पब्लिकेशनलेले विद्यालयहरुको लागि अंग्रेजी माध्यमका पाठ्य पुस्तकहरु प्रकाशन गर्दैआएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य उमेश खड्का, पुनम कार्की, शिक्षक प्रतिनिधि अर्जुन पाण्डे लगायत सहभागी थिए ।
















