कलैया,बारा जिल्लाका स्थानीय तहहरूमा पनि कोभिड(१९ विरुद्ध पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख २० हजार बालबालिकालाई फाइजर खोप दिने अभियान सुरु हुने भएको छ ।

खोप अभियान कार्यक्रमको पहिलो चरणमा भदौ १६ अर्थात् बिहीवारदेखि लागामी भदौं ३१ गतेसम्म जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, निजगढ र कोल्हबी नगरपालिका, फेंटा, प्रसौंनी, विश्रामपुर र परवानीपुर गाँउपालिकाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले जानकारी दिनुभयो ।

यसैगरी दोस्रो चरणमा यही भदौ २७ देखि ३१ गतेसम्म जिल्लाको सिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिका, आदर्शकोतवाल, सुवर्ण, देवताल, बारागढी र करैयामाई गाँउपालिकामा खोप दिइने छ । खोप अभियान कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताइएको छ ।

Leave a Reply