नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रशासन कार्यालय बारा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले बिहीबार कलैया बजारको अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुरारी कार्कीको नेतृत्वमा कलैयाका २० वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा केही पसलबाट म्याद गुज्रेका खाद्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका बिक्की राउतले जानकारी गराउनुभयो ।

टोलीले केही पसलहरुलाई चेतावनी दिएर सात दिनभित्रमा आवश्यक कागजातहरु दुरुस्त पार्न निर्देशन पनि दिएको छ । टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply