निजगढ,श्री कृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति बारा÷पर्साको ३२औं साधारण सभा शुक्रवार निजगढमा सम्पन्न भएको छ ।श्री कृष्ण प्रणामी मन्दिर निजगढ ६ प्रणामी नगर सडकटोलमा भएको सो साधारण सभामा कृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रिय समिति सदस्य सुदर्शनप्रसाद सापकोटा प्रमुख आतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
साधारण सभामा आनन्दभूमि निजगढका महन्त कुशल दास बराल, केन्द्रिय सदस्य रामाज्ञा प्रसाद शाह, निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, कृष्ण प्रणामी युवा परिषद बारा जिल्ला अध्यक्ष सुमन सुवेदी, युवा परिषद केन्द्रिय सदस्य दिपक सापकोटालगायत प्रणामी नगर सडकटोलका अध्यक्ष यादव तिमल्सिना आनन्दभूमिका नवराज तिमल्सिना, सिंगौलका अध्यक्ष छबिलाल तिमल्सिना, सिमरा औराहाका मधुसुदन सिटौला, मधुवन नयाँबस्तीका होमनाथ उप्रेती, पिलुवा सतसंङ्ग समाजका बिनोद कार्की, कलैया मन्दिरका नवलकिशोर पटेल, वीरगञ्ज मन्दिरका राजसुन्दर शाह, सपही सतसंङ्ग समितिको तर्फबाट कृष्ण प्रसाद देवकोटाले आफ्नो इकाइको बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।अर्जुनप्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन समितिका सचिव कृष्ण देबकोटाले गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला धार्मिक संघका उपाध्यक्ष ऋषि अगस्तिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।