वास्तवमा जंगली जनावर भनेपछि सबै मानिसलाई डर लाग्ने गर्दछ । हुन पनि जंगली जनावरबाट डराउनु स्वभाविक पनि हो । किनभने जंगली जनावरहरु निकै हिंस्रक पनि हुन्छन् । हिंसा वा जंगली जनावरको आक्रमणका कारण नागरिकहरुले ज्यान समेत गुमाउन परेको छ । त्यसो त यस्तै हिंस्रक मध्येको जंगली जनावर बाघ पनि हो । बाघले पछिल्ला दिनमा नागरिकहरुमाथि आक्रमण गर्ने क्रम पनि बढाएको देखिन्छ ।
बाघ बिलकुल जंगलमा बस्ने जनावर हो र यो मांसाहारी भएपछि यसले आक्रमण स्वभाविक रुपले गर्दछ । जंगलका अन्य जनावरहरुलाई मारेर नै यसले खाने गर्दछ । तर मानिसमाथि आक्रमण हुनु दुःखद हो । अब मानिसमाथि बाघले किन आक्रमण गर्दैछ त भन्ने बिषयमा छानबिन, खोजबिन र अनुसंधान हुन आवश्यक छ । बाघ हाम्रो नजिकै बस्छ । यो भनेको पर्सा निकुञ्जमा नै छ बाघ ।
तर बाघका लागि मानिस शत्रु अनि मानिसका लागि बाघ शत्रु भएको छ । पछिल्लो समय यही क्षेत्रमा एउटा बाघले मान्छेको अंजानमै भएपनि आक्रमणबाट ज्यान गुमाउन परेको छ । बाघको संरक्षण गर्न सकियो भने बाघलाई देखाएर पर्यटन लोभ्याएर कमाउन सकिने हुनाले बाघ मित्र भयो तर बाघ हिड्ने बाटो छेक्न थालियो भने बाघ मानिसको दुश्मन बन्ने निश्चित छ ।