कृष्ण मोहन साह
सेढवा,असोज १२,पर्साको जिराभवानी गाउँपालिकासँग जोडिएको सीमा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबी को ज्यादती दिनप्रतिदिन बढदै गएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टीको सीमा नाकामा पर्ने भङ्गगहाका भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयले गुनासो गरेका छन् । एसएसबिले नेपालीहरुलाई भारत जाने क्रममा विभिन्न बहानामा रोक लगाएका छन् । नेपाली नागरिकलाई भाङ्गगाहा बजार जानलाइ नेपाली नागरिताको प्रमाणपत्र र मतदाता परिचयपत्र लिएर जानेलाई मात्र पैदल जान दिएको स्थानीयले बताएका छन् । नेपालीहरुलाई भारतीय एसएसबीले लाइन लगाएर मात्रै भङ्गगहा बजारमा जान दिएको स्थानीय नेसार समानीले जानकारी दिनुभयो । भारतीय सीमा सुरक्षा बलले सुरक्षा सतर्कताका लागि परिचय पत्र हेरेर मात्रै जान दिने विषयमा अनौपचारिक जानकारी पाएको र त्यस विषयमा जानकारी लिन बाँकी रहेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो । आपसी सहमतिपछि मात्रै कार्यान्वयन गर्ने कुरा गरिएको र बाँकी विषयमा भने बुझेर जानकारी गराउने सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।