सिमरा,लायन्स क्लब जीतपुरसिमराले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सोमवार सिमरास्थित नेपाल अपाङ्ग सेवा संघ बाराको प्राङ्गणमा अपाङ्ग बालबालिकालाई पौष्टिक भोजन वितरण गरेको छ ।
लायन्स क्लब जीतपुरसिमराका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रथम उपगवर्नर बिनय बस्नेत, उद्योगपति पूनमचन्द अग्रवाल, हिरासिंह ठाकुर, समाजसेवी राजकुमार सिंधी, उपगवर्नर राम बिहारी पाण्डे, रिजन चेयरपर्सन कृष्णव्रत सिंहलगायतको उपस्थिति रहेको थियो ।