बरियारपुर,सशस्त्र प्रहरी बाराले जिल्लाको सिम्रौनगढ नगरपालिका– ७ अमरपुरबा करिब ३ लाख मुल्य बाराबरको अवैध ओख्खर बरामद गरी भन्सार चलान गरेको छ । बुधबार अपराहन्न प्रहरीले सिम्रौनगढ नगरपालिकाको अमरपुर सीमा ईलाकाबाट अबैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा २ लाख ५८ हजार मुल्यबराबरको ८ बोरा आखर बरामद भएको हो ।

चारजना व्यक्तिहरुले साईकलमा लोडगरी अवैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ लैजादै गर्दा सशस्त्र प्रहरी नायव उपरीक्षक संजीव पाण्डेको टोलीले उक्त परिमाणको ओख्खर बरामद गरेको हो । गस्ति टोलीलाई देखेर साईकलसहित ओख्खरको बोरा छाडी मानिसहरु भागे पनि उनीहरु खोजतलाश भैरहेको छ । प्रहरीले साईकल सहितको ओखर नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हेड क्वाटर बारा गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिन राज कर्णजीतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here