बरियारपुर,जिल्लाका स्थानीय तह निर्वाचित प्रमुख र अध्यक्षहरुलाई सदरमुकाम कलैयामा पद तथा गोपनियताको आइतवार सपथ गरेका छन ।

मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

जिल्ला अदालत बाराको सभाकक्षमा निर्वाचि प्रमुखहरुलाई ईश्वर, देश र जनताको नाममा रेग्मीले सपथ खुवाउनु भएको थियो । सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताउनुभयो ।

आफ्नो पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै लाग्नु पर्नेमा जोड दिदै उहाँले स्थानीय तहको दोस्रो निर्वाचन भएका कारण गाउँपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भएको बताउनुभयो । प्रमुख तथा अध्यक्षहरूले सपथ लिएपछि अब आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ ग्रहण गराउने रेग्मीले बताउनुभयो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आइतवार नै जिम्मेवारी समेत सम्हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here