बिपिन अधिकारी

निजगढ,

निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण भोलाप्रसाद गौतमको अध्यक्षमा नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिमाया पोखरेल, सचिवमा बोधनाथ चौलागाई, कोषाध्यक्षमा बच्चुराम लामिछाने र सदस्यहरुमा सुदिप तिमल्सिना, सोमबहादुर जिम्बा, रमेश गौतम, सिता रिसाल, दिनानाथ साह, अनिता पाण्डे, बालकुमारी सिंजाली र बालकृष्ण श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी लेखा समितिमा संयोजक रुद्रप्रसाद धिताल र सदस्यहरुमा प्रल्लादप्रसाद रिमाल र मञ्जु कार्की चयन हुनु भएको छ ।

 

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ व्यङ्गकुट एण्ड पार्टी पेलेसमा भएको साधारण सभामा संचालक समितिका अध्यक्ष भोलाप्रसाद गौतमव्दारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बच्चुराम लामिछानेले आर्थिक र लेखा समितिका संयोजककोतर्फबाट लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

 

बार्षिक उत्सवको अवसरमा संस्थाले आयोजना गरेको हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कारसहित प्रशंसा पत्र हस्तान्तरण गर्नुका साथै संस्थाले वर्षको उत्कृष्ट जेष्ठ नागरिक सदस्यतर्फ दिलप्रसाद गौतम, शेयर खरिद सदस्यतर्फ सविता भण्डारी, ऋणी सदस्यतर्फ श्रीमती पार्वती थरुनी, बचत सदस्यतर्फ सुमन घिमिरे लगायतलाई २ हजार बराबरको शेयर थप गरि प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यसैगरी कर्मचारी सम्मानतर्फ संस्थाका लेखापाल बिमल अधिकारीलाई ५ हजार शेयर थप सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो भने बालबचत सदस्यतर्फ शुभम् श्रेष्ठलाई २ हजार बराबरको स्टेशनरी सामान र प्रशंसा पत्र हन्तान्तरण गरिएको थियो । त्यस्तै निजगढ नगरपालिका वडा नम्बर ७ स्थित शक्तेश्वर आधारभुत बिद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरुलाई सो अवसरमा ५० थान (टेक्कसुट) वितरण गरिएको थियो ।

 

यसअघि साधारण सभाको उद्धघाटन निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले दिप प्रज्वलन गरि गर्नुभएको थियो । संस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्द्य उत्पादक सहकारी संघ लि.का केन्द्रीय सदस्य दिलबहादुर लामा, निजगढ नगरपालिकाका सहकारी अधिकृत पद्मराज तिमल्सिना, निजगढ वडा नम्बर ९ का वडा अध्यक्ष सुर्दशनप्रसाद बडाल, गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गौतम, बारा जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष शोभा राउत, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का प्राचार्य बद्रीनारायण झा, कार्यक्रममा नगर प्रमुख खनाल, दुग्द्य उत्पादक संघका लामा, हिमचुली साना किसानकी उपाध्यक्ष दुर्गा कोइराला, बारा जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष शोभा राउत, बागदेव दुग्द्य उत्पादक सहकारी संस्था लि.का अध्यक्ष थानेश्वर सापकोटा लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

संस्थाले विगतका  वर्षमा झै यस वर्ष पनि २७ जना शेयर सदस्यहरुलाई भाग्य चिठ्ठा गराइ भ्रमणको व्यवस्था गर्नुको साथै प्रथम, द्धितीय र तृतीय हुने भाग्यशाली शेयर सदस्यलाई विशेष पुरस्कारको समेत व्यवस्था गरेको थियो । कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालय बागदेवका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, हिमचुली साना किसान कृषि सहकारी संस्था लि.का उपाध्यक्ष दुर्गा कोइराला, जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद नेपाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरका प्रधानाध्यापक इन्द्रदेव यादव र संस्थाका सल्लाहाकार सदस्य, चेतराज खरेल, नागेन्द्र साहलगायतको उपस्थित रहेको थियो । कार्यक्रम संचालन सचिव बोधनाथ चौलागाईले संचालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here