बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा क्षेत्रगत जिल्ला कमिटी बैठक पर्सौनीमा शनिबार सम्पन्न भएको छ ।

विजेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा.तथा वीरेन्द्रप्रसाद साहले सञ्चालन गर्नुभएको बैठकका सहभागीहरुलाई महेश विश्वकर्माले स्वागत र उस्मान अन्सारीले धन्यवाद ज्ञापन.गर्नुभएको थियो ।

बैठकमा विश्रामपुर, फेटा, प्रसौनी, परवानीपुर र जितपुरसिमरा उपमहानगरपालिकाबाट शेषनाथ कुशवाहा, रामविरेन्द्र महतो र वीरेन्द्रप्रसाद साह, महेश विश्वकर्मा, रामविद्या कुशवाहा, बलिराम ठाकुर, राम यादव र कृष्ण खनालले आआफ्नो पालिका तहको पार्टी संघठन, भावी कार्ययोजना, भेला बैठक तथा पालिका तहको कमिटी गठनको अवस्थासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य राईले मन्तव्य दिदैं क्षेत्रभरि सबै पालिकामा कमिटी गठन, पुनर्गठन, विस्तार तथा निर्माण गरी पार्टीलाई जनतामा आधारित बनाएर अगाडि बढ्न आह्वान गर्नुभयो ।

बैठकले सबै पालिका तहका भेला, वडा तथा कमिटी गठनहरुलाई व्यवस्थित तथा संयोजन गर्न शेषनाथ कुशवाहा विश्रामपुर, मालती कुशवाहा, वीरेन्द्र यादव फेटा, महेश विश्वकर्मा प्रसौनी, बलिराम ठाकुर परवानीपुर तथा कृष्ण खनाललाई जितपुरसिमरा उपमहानगरपालिकाको जिम्मेवारी प्रदान गरिएको छ ।

बाराको क्षेत्र नम्बर ४ अन्तर्गतका सबै पालिकाहरुमा आउँदो कार्तिक पहिलो हप्ताभित्र कमिटी गठन, विस्तार तथा भेलालगायतका कार्यहरु सम्पन्न गर्ने निर्णय भएको हो । त्यसैगरी जनसंगठनहरुको गठन तथा भेला, सदस्यताहरुको अभिलेखीकरण, नयाँ सदस्यता प्रदानलगायतको कार्य समेत गर्ने निर्णय भएको छ । त्यसैगरी क्षेत्र नम्बर ४ मा क्षेत्रीय तहका प्रशिक्षण कार्यक्रम कार्तिक दोश्रो हप्ता गर्ने निर्णय भएको छ ।

Leave a Reply