निजगढ,नेकपा एमाले निजगढ वडा नम्बर ८ को शनिबार सम्पन्न तेस्रो वडा अधिवेशनले हरिमैया पोखरेलको अध्यक्षमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा डाँप्रसाद चौलागाई, सचिवमा पद्मप्रसाद तिमल्सिना, सहसचिवमा चित्रबहादुर लामा र सदस्यहरुमा सुदीप तिमल्सिना, रञ्जन लामिछाने, प्रकाश श्रेष्ठ, इन्दिरा बराल, सरिता राई, रामकुमार लामिछाने, मिनु लामा, सोमबहादुर राई, गोपालबहादुर नेपाली, सिताराम कुइकेल, लक्ष्मी माझी, मिरा चौधरी, भगवति साह परियार, आशमान लामा, राजकुमार श्रेष्ठ, देवी श्रेष्ठ, सुनी लामा रहनुभएको छ ।
पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य अच्युत मैनाली, बारा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नारायणप्रसाद गौतम, लिलादेबी लामिछाने, दुर्गा कोइराला, अम्बिका चौलागाई, निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामा लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन निजगढ नगर कमिटी सचिव विदुरलाल श्रेष्ठले गर्नुभएको थियो ।