सिमरा,मानवसेवा आश्रम वीरगन्ज शाखाले सोमवार मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वा चोकबाट अन्दाजी ४० वर्षीया मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार गरेको हो ।
उद्धार गरिएकी महिलाले आफ्नो नाम नाएदा खातुन बताए पनि ठेगाना भने स्पष्ट रूपमा बताउन नसकेको आश्रमका संस्थापक संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो ।उद्धारपछि महिलालाई आश्रममा लगेर सरसफाइ र नुहाइधुवाइ गराइएको छ । आश्रममा डा. भरत गोइतको निगरानीमा उनको औषधि उपचार सुरु गरिने गुप्ताले जानकारी दिनुभयो ।
उद्धार कार्यमा संयोजक गुप्तासहित सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, स्वयंसेवकहरू सरोज विक र दीपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार बब्लु सिंह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष चतुर बाबु वाग्लेलगायतको उपस्थित रहेको थियो ।


















